गित : कुन पहाडले छेक्छ माया
कुन पहाडले छेक्छ माया... नदेखिने गरि
तिम्रो याद नआउने भए , जान्थें वसाईं सरि
कुन पहाडले छेक्छ माया ...?
झिस्मिसेमा किरण बनि आउछौ भनि मैले
भञ्ज्याङमा कुर्थें तिम्लाई घाम आउनु पैले
झिस्मिसेमा किरण बनि आउछौ भनि मैले
भञ्ज्याङमा कुर्थें तिम्लाई घाम आउनु पैले
आखिर अन्तै मोड्यौ पाइला नभेटिने गरि
तिम्रो याद नआउने भए , जान्थें बसाइँ सरि
कुन पहाडले छेक्छ माया ...?
तिमी हिड्ने बाटोभरि मनको फूल छरिरहें
मुटुभित्र राखि तिम्लाई सधैं माया गरिरहें
तिमी हिड्ने बाटोभरि मनको फूल छरिरहें
दिलभित्र सजाई तिम्लाई सधैं माया गरिरहें
रेट्यौ तिम्ले मेरो मुटु नदेखिने गरि
तिम्रो याद नआउने भए , जान्थें वसाईं सरि
कुन पहाडले छेक्छ माया....?
निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल :युएई (अल ऐन )
८ चैत्र २०६९
Comments
Post a Comment